नियम
धार्मिक क्षेत्रभित्र निषिद्ध कार्यहरू

कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्जभित्रका धार्मिक क्षेत्रभित्र देहायका कार्यहरू गर्न पाउनेछैन:-

(क)   कुनै पशु, पंक्षीलाई मार्न, बली चढाउन वा मासु विक्री गर्न, खान वा खुवाउन,

(ख)   कुनै मादक पदार्थ बिक्री गर्न वा सेवन गर्न,

(ग)   पूजा तथा अन्य धार्मिक कार्यको लागि बाहेक धर्मशालामा रात विताउन,

(घ)   चरी चराउन वा गोठ राख्न,

(ङ)   तोकिएको क्षेत्रमा बाहेक अन्य क्षेत्रमा आगो बाल्न ।